बिर्तामोडबाट ब्राउन सुगरसहित २ जना पक्राउ

१० जेठ ७७, शनिबार

१० जेठ, झापा ।
झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।

Advertisement

आज दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २८ बर्षीय पवन चौधरी र २८ बर्ष कै महेश गुरुङको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top