×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

गङ्गा दशहरा स्नान शुरु, दश प्रकारका पाप नाश हुने विश्वास

१० जेष्ठ २०७७

१० जेठ, काठमाडौं ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भनी गरिने गङ्गादशहरा स्नान आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती, देवघाट, त्रिवेणीलगायत स्थानका तीर्थ स्थलमा स्नान गरेमा दश जन्मदेखिका पाप नाश हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण तीर्थ स्थलमा जान नसके पनि घरमै आह्वान गरेर स्नान गर्न सकिने उनले बताए ।

दश दिनको अवधिमा तीर्थस्थल गएर वा जान नसकेमा घरमै आह्वान गरी स्नान गरेमा दश प्रकारका पाप हरण हुने मान्यता छ । ज्येष्ठ शुक्ल पक्षका दश दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप यस अवधिमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

यसैका लागि स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । यी दश दिनमा वाग्मती र शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गादशहरा मेला लाग्ने गर्छ । यस वर्ष भने कोरोना भाइरस सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बृहत् मेला नलाग्ने भएको छ ।

सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । बृहत् रुपमा मेला नलागे पनि स्थानीयवासीले सामाजिक दूरी कायम गरी स्नान एवं नदीको पूजा आरधाना गरी पर्व मनाउने भएका छन् ।

यस अवधिमा सिद्धगयाका साथै कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गममा रहेको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गम लगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप दश दिने अवधिमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् गौतमले बताए ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि यस वर्ष कोरोनाका कारण स्नान मेला नलाग्ने गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बुले जानकारी दिए । मेला नलागे पनि यहाँको वाग्मती नदी र शिव मन्दिरमा गङ्गा दशहराको विशेष पूजा भने गरिने उनले बताए ।

पौराणिक कथा अनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको हो । यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन । पापमोचन स्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवन पाएको पौराणिक कथन छ । दश दिने अवधिमा जेठ महीना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्र, व्यतीपात योग, वर करण, आनन्द योग, कन्या राशिको चन्द्रमा र वृष राशिमा सूर्यको दश योग पर्छ ।

यस अवसरमा भगवान् रामले स्थापना गर्नुभएको रामेश्वर धाममा पनि विशेष मेला लाग्ने गर्छ ।–पूर्णप्रसाद मिश्र/रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top