दक्षिण कोरियामा काेराेना संक्रमण बढ्दै, चीनमा शून्य सङ्क्रमित

१० जेठ ७७, शनिबार
Share this
674shares

१० जेठ, बैंकक।
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ ।दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १६५ जना सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ ।पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ ।

Advertisement

दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ । तर यता चीनमा भने आहिले एक जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन् । दुई जना भने शंकास्पद देखिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ बिरामी नभेटिएपनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।रासस / एपी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top