गोली लागेर प्रहरीको मृत्यु, आत्महत्याको आशंका

१० जेठ ७७, आइतबार

११ जेष्ठ, काठमाडौं ।
नेपाल प्रहरीको महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)को गोली लागेर मृत्यु भएको छ ।

Advertisement

स्वयम्भुमा कार्यरत असई विष्णुबहादुर कार्की गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । उनको टाउकोमा गोली लागेको छ । के कारणले र कसले हानेको हो भन्ने खुल्न नसकेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए ।

यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले आफैंले आफूलाई गोली प्रहार गरेको देखिएको बताए । एसएसपी ज्ञवालीले भने, “व्यक्तिगत तनावका कारणले घटना भएको हाम्रो निष्कर्ष छ ।

Advertisement

अन्य अफिसियल कारण देखिँदैन । घटनाको अनुसन्धानमा जुटेका छौं ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top