प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

१२ जेठ, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.