१३ जेष्ठ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
मंगलबार बेलुकी पाँच बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक आव्हान गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको थापाले जानकारी दिए ।
कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान भएको बताइएको छ । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ लाई सर्वसम्मत रुपमा पारित गराउनका लागि पहल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।