१३ जेष्ठ, काठमाडौं ।
सरकारले जारी गरेको लकडाउनको आज ६४ दिनपुगेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन जारी गरेको छ । सरकारले जेठ २० गते सम्मकालागि लकडाउनको समय तोकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।
उपत्यकाका मुख्य सडकहरुमा अत्यावस्यक सवारी साधन, सञ्चार माध्यमका सवारी साधन, स्वाथ्यकर्मीका सवारीसाधनबाहेकका सवारी साधनको आवागमन देखिदैन् । सुरक्षाकर्मीले ठाउँठाउँमा बसेर सवारीसाधनको जाँचलाई कडाई गरेको छ ।

अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै भित्रि सडक छेउमा रहेका खाद्यान्न तथा तरकारीका पसलहरु बिहान बेलुकाखुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।