प्रदेश १ मा कोरोना संक्रमितलाई बर्गीकरण गरेर उपचार गरिने

१३ जेठ, विराटनगर ।
प्रदेश १ मा कोरोना संक्रमितलाई बर्गीकरण गरेर उपचार गरिने भएको छ । कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आईसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ ।

विरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै प्रदेश सरकारले ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र निर्माणलाई तीव्र पारेको छ । कोरोना संक्रमित बृद्धि भएसँगै संक्रमितलाई वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु भएको हो । प्रदेश १ मा यसअघि कोरोना अस्पताल मात्र रहेको थियो । विराटनगर र सुनसरीको धरानमा कोभिड अस्पताल तयार गरि प्रदेश सरकारले सञ्चालन गरिसकेको छ । मेची अस्पतालमा पनि कोरोना संक्रमितको उपचारका लागि अस्पताल तयार गरिदैछ ।

प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पुर्वी पृतना इटहरीमा गरि ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र तयार गर्ने काम भईरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुको अनलाईन संवादमा मन्त्री घिमिरेले सो जानकारी दिएका हुन् ।

Advertisement

प्रदेश १ मा कोरोना संक्रमितको उपचारलाई बर्गीकरण गरेर गर्ने तयारी गरिएको उनले बताए । मन्त्री घिमिरेले भने,‘ कोरोना लक्षण देखिएकालाई अस्पतालमा र रिपोर्ट पोजेटिभ आएपनि सामान्य प्रकृतिकालाई आईसोलेसन उपचार केन्द्रमा राखिने छ ।’ संक्रमितको उपचार बर्गीकरण गरेर गर्नेगरि आवस्यक मार्गदर्शन र निर्देशिका प्रदेश सरकारले तयार गरिसकेको उनले बताए ।

प्रदेश १ मा पुल विधिबाट कोरोना परीक्षणको काम शुरु भएको मन्त्री घिमिरे बताए । परीक्षणको क्षमता बढेसँगै आवश्यक सामाग्रीको भने अभाव भएको भन्दै उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराए । प्रदेश १ मा जेठ र असार भित्रमा ७० हजारको पीसीआर परीक्षण गर्नेगरि सरकारले काम गरिरहेको मन्त्री घिमिरेको भनाई छ ।

Advertisement

उनले भने,‘ ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेको परीक्षण गर्ने तयारी छ ।’ पीसीआर टेष्टको क्षमता बढाएसँगै किटको अभाव भएको उनले बताए । प्रदेश १ मा कन्ट्याक टे«सिङ, टेष्टीङ र ट्रिटमेन्ट गर्ने टिम अलर्ट रहेको मन्त्री घिमिरेले बताए। कोरोना संक्रमितको उपचार कोभिड अस्पतालबाट केन्द्रित गर्दा सरकारी अस्पतालहरुले नियमित सेवा दिन सकेको उनले बताए । मन्त्री घिमिरेले भने,‘संक्रमितको उपचार संक्रमण देखिएको जिल्लाबाट दिएको भए स्वास्थ्यकर्मी र व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था गर्न सकिने थिएन ।’

छलफलमा मन्त्री ढकालसँगै सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी छलफलमा सहभागी भएका थिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top