सागका पदक विजेता तीन पाकिस्तानी खेलाडीले डोपिङ गरेको खुलासा

१५ जेष्ठ, काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीले डोपिङ गरेको खुलासा भएको छ ।

Advertisement

स्वर्ण पदक विजेतासहित एथलेटिक्सका तीन जना खेलाडीले अवैधानिक शक्तिवद्र्धक पद्धार्थ प्रयोग गरेको पाकिस्तानको एथ्लेटिक्स संघले जनाएको छ ।

संघका अनुसार पुरुष चार सय मिटर हर्डल्सका स्वर्ण पदक विजेता मेहबुब अलि, एक सय १० मिटर हर्डल्सका एम इनाम र एक सय मिटर दौडका कास्य पदक विजेता समिउल्लाहको डोपिङ पोजिटिभ देखिएको छ ।

Advertisement

प्रारम्भिक परीक्षण पोजिटिभ देखिएका उनीहरुको दोस्रो चरणको परीक्षणमा पनि डोपिङ प्रमाणित भएमा पाकिस्तानले ६ वटा पदक गुमाउनेछ ।

रिले दौडमा पनि यी तीन खेलाडीले सहभागिता जनाएका थिए । एथलेटिक्समा पाकिस्तानले पाँच स्वर्ण, दुई रजत र ६ कास्य गरी कुल १३ पदक जितेको थियो ।

Advertisement

डोपिङको आधिकारिक घोषणा भने एन्टि डोपिङ सम्बन्धि अन्तराष्ट्रिय निकाय ‘वाडा’ले गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top