बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

१५ जेष्ठ, बाँके । बाँकेमा अर्को आदेश नआएसम्म जिल्ला भर निषेधाज्ञा जारी गरिएको छ।

नयाँ बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्बाङ आए लगतै जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन्।

बुधवार राति १० बजेदेखि जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा जिल्लाभर जारी रहने कुरुम्बाङले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

Advertisement

जसमा उनले बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको तथा १ जना संक्रमितको मृत्यु समेत भइसकेकाले सजकता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गर्नु परेको उल्लेख गरेका छन्।

आदेशको उलंघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ।

Advertisement

कोरोना भाइरस विरुद्ध सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको भन्दै उनले अत्यावश्यक बाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरेका छन्।

तर उनले राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु पनि जारी रहने बताएका छन्।

त्यसमा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा पर्छन।

त्यस्तै मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य पनि पर्छन्।

उनले विज्ञप्तिमा खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षिजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको बताएका छन्।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top