स्याङ्जामा थप तीनजनामा कोरोना संक्रमण

१५ जेठ ७७, बिहीबार

१५ जेष्ठ, पोखरा ।
स्याङ्जाको वालिङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

उनीहरू गत सोमबार भारतबाट गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले नयाँ संक्रमितमा दुई पुरुष र एक महिला रहेको जानकारी दिए ।

उनीहरूलाई स्याङ्जा सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ । संक्रमित सबै एकै परिवारभित्रका हुन् । स्याङ्जामा मंगलबार पनि दुई जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

Advertisement

बुधबार मात्रै बागलुङमा थप ६ जनामा कोरोना देखिएको थियो । यसअघि बागलुङकै दुई संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top