१५ जेठ, काठमाडौं ।
सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै यस आयोजनालाई उच्च प्राथमिकता दिएका छन् । महाकाली सिँचाइ आयोजना रणनीतिक महत्वको आयोजनासमेत हो ।
यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।