चार अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले छुट्यायाे १९ अर्ब ४२ करोड

१५ जेठ ७७, बिहीबार

१५ जेठ, काठमाडौं ।
सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Advertisement

आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको घोषणा गरे ।

उनका अनुसार बाराको निजगढ विमानस्थलमा बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि समेत गरी कूल १९ अर्ब ४२ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए ।

Advertisement

सुर्खेत र चितवनको भरतपुर विमानस्थललाई प्रादेशिक उडानका लागि स्तरोन्तनी गरिने भएको छ । मोरङको विराटनगर र बाँकेको नेपालगन्जमा नयाँ टर्मिनल भवन निर्माणको घोषणा समेत सरकारले गरेको छ ।

तेह्रथुमको चुहानडाँडा र दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउन बजेट विनियोजन गरिएको छ । हाल दाङको तुलसीपुरमा विमानस्थल छ । चन्द्रगढी, धनगढी र जनकपुर विमानस्थलको स्तरोन्नती गरिने भएको छ । अर्थमन्त्री खतिवडाले नयाँ हवाई नीति ल्याउने तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने घोषणा गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top