श्वेतपत्र कपोलकल्पित ः सभापति देउवा

२२ चैत ७४, शुक्रबार

काठमाडाँै, २३ चैत ः नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताएका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले भने , “विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको छ । श्वेतपत्रमा काँग्रेसका कारण अर्थतन्त्र धरासायी भयो भन्नु आफैँमा कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । विगतका वामपन्थी सरकारका नीतिका कारण अर्थतन्त्र धरासायी बनेको हो ।”

उनले नेकालाई आगामी पाँचवर्षभित्र पहिलो स्थानमै पु¥याउने प्रतिबद्धता जनाए ।

Advertisement

उनले भने – “तीन तहका निर्वाचनमा दुई वामपन्थी पार्टी मिलेका कारण उनीहरुले पहिलो स्थान ल्याएका हुन्, यसमा काँग्रेसको कुनै आपत्ति छैन तर देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा भने पार्टी चुप लागेर बस्दैन ।”

लोकतन्त्रको संस्थागत विकास गर्न पार्टीले जोड दिने उल्लेख गर्दै सभापति देउवाले आगामी अधिवेशनमा पार्टीको विधान संशोधन गरी वडा तहदेखि माथिल्लो तहसम्म ट्रेड युनियनको प्रतिनिधित्व गराइने जानकारी दिए ।

पार्टी केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा बनेका सरकारले गरेका विकासका कामलाई जनतासामु लान नसक्दा गत निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको चर्चा गर्दै पार्टीलाई जीवन्तता दिन नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता आँैल््याए ।

नेपाल टे«ड युनियन काँग्रेसका सभापति खिलानाथ दाहालले श्रम आयोग गठन गर्न र श्रम विनियमावली ल्याउन माग गरे ।

सो सम्मेलनमा संघका पूर्व अध्यक्षहरु गोपाल पाण्डे, मित्रकुमार राई र शिशिरकुमार झालाई सम्मान गरिएको थियो ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top