१८ जेष्ठ, एजेन्सी । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २८ हजार ८ सय ४९ पुगिसकेको छ ।
यसका साथै ब्राजिल कोरोना भाइरस संक्रमणबाट नराम्रो तरिकाले ग्रस्त चौथो देश भएको छ । ब्राजिल कोरोनाबाट मृत्यु हुनेमा फ्रान्स भन्दा अगाडि भएको छ ।
फ्रान्समा मृत्यु हुनेको संख्या २८ हजार ७ सय ७१ पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा ५ लाख भन्दा बढी संक्रमित देखिएका छन् । ब्राजिलको सबैभन्दा ठुलो र धनी शहर खोल्ने निर्णय गरेसँगै संक्रमितको संख्या पनि बढेको छ ।
संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको छ भने राज्यका कतिपय अस्पतालमा हाहाकार मच्चिएको छ । ब्राजिलमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्नै बाँकी रहेको जानकारहरु बताउँछन्।
