१८ जेष्ठ, विराटनगर ।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोमबार विहान विराटनगर महानगरपालिका–१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी. १००एमएलको ३१ बोतल, स्पास्मोप्रोक्सिवन १४३ क्याप्सुल, नाईट्राभेट–१० – १५० चक्की सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।