१८ जेष्ठ, काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाए ।