कोरोना रोकथामका लागि एडीबीसँग ३० अर्बकाे ऋण सम्झौता

१९ जेठ, काठमाडौँ ।

एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गर्नुभयो । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो ।

सो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिनेछ । गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनःरुत्थानमा जानसमेत उक्त रकम उपयोगी हुने बैंकले जनाएको छ ।

Advertisement

कोरोना कहरले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको र नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ । कोभिड–१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सिएआरइएस) कार्यक्रमअन्तर्गत नेपालले बैंकबाट उक्त ऋण सहायता पाएको हो । ऋण सहयोगबाट सरकारले सातवटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडिबीले जनाएको छ ।रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top