२१ जेठ, काठमाडौँ ।
कोरोना सङ्क्रमणका कारण जारी लक डाउनको मोडलमा परिवर्तन गर्नेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको विज्ञहरुको परामर्श बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू गरी दुई दर्जनभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलगायतका विज्ञहरूको उपस्थिति रहेको छ ।