२१ जेठ, काठमाडौँ ।
विश्वशान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन गरिएको छ । न्यकू जात्रामतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी विश्वशान्तिको कामना गरेको हो ।
समितिका अध्यक्ष आशा रत्न शाक्यले विश्वभर फैलिदै गएको कोभिड-१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको बताए । उनले मच्छिन्द्रनाथ देवसँग विश्व भर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दिप प्रज्वलन गरी प्रार्थना गरिएको बताए ।
मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजा आजा गरी दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताए ।
