कोरोना संक्रमणको खराब सूचीमा नेपालले थाइल्यान्डलाई उछिन्यो

२५ जेठ ७७, आइतबार

२५ जेष्ठ, विराटनगर ।
कोरोनाका कारण अति खराब मुलुकहरुको सूचीमा नेपाल क्रमशः माथितिर उक्लिरहेको छ।

Advertisement

यस सूचीमा नेपालले थाइल्यान्ड लगायतका मुलुकलाई पछाडि पारिसकेको छ। कोभिड १९ संक्रमितको संख्याका आधारमा खराब मुलुकहरुको नेतृत्व अमेरिकाले गरिरहेको छ। दोस्रोमा ब्राजिल र तेस्रोमा रसियाले यसको नेतृत्व गरिरहेका छन्।

खराब मुलुकहरुको सूचीमा नेपाल ८० औं स्थानमा उक्लिएको छ। हिजो नेपाल ८५ औं स्थानमा थियो। ३ सय २३ नयाँ संक्रमित थपिएपछि नेपालले खराबको सूचीमा ४ वटा मुलुकलाई उछिनेको हो।

Advertisement

नेपालमा संक्रमितको संख्या ३२ सय पार भइसकेको छ। ७८ र ७९ औं नम्बरमा रहेका डिआरसी कंगो र आइभरी कोस्टसँग नेपाल हाराहारीमा छ। थाइल्यान्ड यो सूचीमा ८१ औं स्थानमा छ। त्यहाँ ३१ सय ४ संक्रमित छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top