×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेकपा सांसदको सुझाव

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिएका छन् ।

संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले स्थानीय तहबाट व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेको भन्दै सुरक्षाअंंगहरुलाई परिचालन गरेर नेपाली सेनालाई परिचालन गरेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

उनले अहिलेका क्वारेन्टाइनको अवस्था पुलिसका हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर भएपनि समाधान गर्नुपर्ने बताए । उनले भने ‘स्थानीय तहबाट, संघसंस्थाहरुबाट हामीले व्यवस्थित रुपमा क्वारेन्टाइनलाई राम्रो बनाउन सक्दैनौं भने नेपाल आर्मीले लुम्बिनीमा एक महिनाभित्र ३ हजार अटने ठुलो सभाहल एक महिना भित्र बनाउन सकेको थियो ।

दुईवर्ष अगाडि बनाएको सभाहल अहिले पनि त्यो अस्थाई सभाहल हो तर अहिले पनि त्यो काम लाग्ने छ । त्यो प्रयोगमा आइरहेको स्थिति छ । त्यस्तै हामीले यो एउटा विपदको परिस्थिति हो विशेष परिस्थिति पनि हो । हामीले सुरक्षा अंगहरुलाई परिचालन गरेर, नेपाली सेनालाई परिचालन गरेर भएपनि क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्छ की त्यस तर्फ पनि सरकारको ध्यान जाओस ।

तर आज जुन क्वारेन्टाइनहरु छन पुलिसका हिरासत जस्ता भए जेल जस्ता भए भन्ने टिप्पणिहरु आइराखेको छ । यसको छिटो भन्दा छिटो समाधान गर्नुप¥यो । ’ उनले क्वारेनटाइनमा खाने, बस्ने लगायतमास्क, स्यानिटाइजर को व्यवस्था गर्न सरकारलाई ध्यानकर्षण गराए ।

उनले कोभिड १९ रोकथामका लागि सरकारले लिएका पहलकदमीहरु तथा निर्णयहरु र नीतिहरु सान्दर्भिक भएको तर प्रभावकारी नभएको बताए । यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गरी ल्याउने सरकरको कमद प्रशंसनीय भएको उनले बताए ।

उनले भने ‘सरकारले अस्तिदेखि विदेशबाट नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने कुरा गरेको छ । यो सरकारको योजना देशव्यापी रुपमा प्रशंसनीय नै छ । सरकारले योजनावद्ध रुपमा जुन नेपाली नागरिकहरु जुन अलपत्र परेका छन, रोजगारी गुमाएका छन्, उहाँहरुलाई फिर्ता गर्ने निर्णय गरेको छ र त्यो कार्ययोजनालाई अगाडि पनि बढाइसकेको छ ।

त्यसकारणले यो प्रशंसनीय छ । यसमा नचुकोस सरकार । कहिंनेर पनि व्यवस्थापनको सन्दर्भमा सरकार नचुकोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले परीक्षणका लागि पीसीआर किटको समस्या अहिले नै देखाउन नहुने समेत बताए । उनले ४ हजार संक्रमित नपुग्दै समस्या देखाउने हो भने भयाभह स्थिति बन्न सक्ने बताए ।

उनले भन्नुभयो ‘आरडिटीमा अहिले विश्वास कमजोर बन्दै गएको छ त्यासो भएर पीसीआर किटलाई नै बढाउनु पर्ने छ । यसको परीक्षणको दायरालाई बढाउन पर्ने छ । त्यस तर्फ ध्यान जाओस । रिपोर्ट पनि समयमा उपलब्ध नहुने ५ दिनत यसै पनि लाग्छ भनिएको छ ।

एक हप्ता वित्दापनि १०दिन वित्दापनि रिपोर्ट प्राप्त भएन भन्ने गुनासाहरु छन यि गुनासाहरुको पनि सम्बोधन होस सरकारको यस तर्फ ध्यान जाओस । ’ संक्रमित विरामीको उपचारको लागि आसोलेसन वार्डको संख्या बढाउन र भेन्टिलेटरको संख्या बढाउन समेत उनले माग गरे ।

यस्तै समस्यामा परेका व्यक्तिलाई राहतको व्यवस्था उचित तरिकाले गर्न आग्रह गरे । उनले किसानहरुलाई मल र बिउको सुनिस्चितता गर्न र उत्पादित दुध तथा तरकारीको बजारीकरणमा सहयोग गर्न समेत सरकारको ध्यानाकर्षण गराए । उनले पछिल्लो समय सामाजिक सञ्जालबाट राष्ट्रपति माथि निरन्तर आक्रमण भइराखेको बताए ।

यसबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि सरकारले गरेको कामलाई कमजोर बनाउने गरी गतिविधि भइराखेको स्पस्ट हुने बताए । उनले भने ‘राष्ट्रपति माथिको आक्रमण यो कुनै एउटा व्यक्तमाथिको रुपमामात्रै भएको भए कमि छ भने सच्याउँ भन्न पनि सकिन्थ्यो होला ।

Advertisement

तर अहिले हेर्दाखेरी कस्तो देखिन्छ भने सामाजिक सञ्जालहरु हेर्छु मैले सडकमा पनि अलिकिति गतिविधिहरु हामी सबैले हेरीनै राखेका छौं । यो सब हेर्दाखेरी कस्तो देखिदै छ भने यो गणतन्त्र माथिको प्रहारको रुपमा र यतिवेला राष्ट्रिय स्वाधिनताको प्रश्नमा राष्ट्रिय सार्वभौंमिकताको प्रश्नमा हामी जसरी अगाडी बढ्दैछौं, देश जसरी अगाडि बढ्दै छ यसलाई अलमल पार्ने हिसाबले यसलाई कमजोर बनाउने हिसाबले दाउपेच पो हुन थालेको हो कि भन्ने आशंका मैले देखेको छु । ’

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top