झापाको दमकमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

२६ जेठ ७७, सोमबार

२६ जेठ, दमक ।
झापाको दमक नगरपालिका-१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका-१ का ७८ का दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको छ ।

Advertisement

सोमबार दिउँसो पौने ४ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिँदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top