दक्षिण एसियामा कोरोनाभाइरसः पाकिस्तानमा एक लाखभन्दा बढी संक्रमित, नेपाल चौँथो स्थानमा

२७ जेठ ७७, बुधबार

२८ जेष्ठ, विराटनगर ।
विश्वमा एक लाखभन्दा बढी संक्रमित हुने देश १६ वटा पुगेका छन् ।

कोरोनाभाइरसबाट संक्रमित हुनेको कूल संख्या पाकिस्तानमा पनि एक लाख नाघेको छ । पाकिस्तानमा अहिलेसम्म एक लाख आठ हजार ११७ जना संक्रमित भेटिएका छन् । जसमध्ये ३५ हजार १८ जना निको भएका छन् भने दुई हजार ११७ जनाको मृत्यु भएको छ ।

पछिल्लो साता पाकिस्तानमा दैनिक पाँच हजारको नजिक संक्रमित भेटिएका छन् । मंगलबार चार हजार ७२८ संक्रमित भेटिए । अघिल्लो दिन सोमबार चार हजार ९६० संक्रमित भेटिएका थिए । यो संख्या एकै दिन भेटिएका अहिलेसम्मकै ठूलो हो । उता भारतमा अहिलेसम्म दुई लाख ७६ हजार १४६ संक्रमित छन् ।

Advertisement

भारतमा निको हुने दर पनि उच्च छ । अहिलेसम्म एक लाख ३४ हजार ६७० निको भएका छन् भने सात हजार ७५० जनाको मृत्यु भएको छ । बंगलादेशमा कूल संक्रमितको संख्या ७१ हजार ६७५ पुगेको छ । त्यहाँ १५ हजार ३७० जना निको भएका छन् भने ९७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ४५ जनाको मृत्यु भएको छ ।

भारत, पाकिस्तान र बंगलादेशपछि नेपालमा बढी संक्रमित भेटिएका छन् । नेपालमा अहिलेसम्म चार हजार ८६ जना संक्रमित भेटिएका छन् । ५८४ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ । माल्दिभ्समा एक हजार ९४२ कूल संक्रमितमध्ये एक हजार १० जना निको भएका छन् । त्यहाँ आठ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा एक हजार ८५९ संक्रमित भेटिएका छन् । एक हजार ५६ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । श्रीलंकामा संक्रमण नियन्त्रण हुँदै गएको छ । दैनिक संक्रमण दर ओरालो लागेको छ ।

भुटानमा अहिलेसम्म जम्मा ५९ संक्रमित भेटिएका छन् । त्यहाँ कसैको मृत्यु भएको छैन । १७ जना निको भइसकेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top