पहिरोले गोठ पुरिँदा २ जनाको ज्यान गयो

२७ जेठ ७७, बुधबार

२८ जेष्ठ, म्याग्दी ।
मङ्गलबार राति परेको भिषण वर्षाका कारण आएको पहिरोले रघुगङ्गा गाउँपालिका ६ पाखापानीको कोटगाउँमा गोठ पुरिँदा दुई जनाको ज्यान गएको छ ।

वर्षासँगै लेदो माटोसहित आएको पहिरोले गोठ पुरिँदा कोटगाउँका ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी चार वर्षीया नातिनी सिमरन छन्त्यालको ज्यान गएको प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

मध्यराति १२ बजेको समयमा भिषण वर्षासँगै आएको पहिरोले गोठ पुरिँदा उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले गोठमा रहेको अन्नपात र भाँडावर्तनमासमेत पूर्णरुपमा क्षति पुर्याएको प्रहरी निरीक्षक चौधरीले बताए ।

Advertisement

पहिरो पशु चौपायालाई क्षति नगरेको प्रहरीले जनाएको छ । घटनालगत्तै पाखापानी प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयवासीले मृतकको उद्धार गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top