२८ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा संसदमा देखिएको एकताप्रति आभार प्रकट गरेका छन् ।
बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट असाधारण राष्ट्रिय एकता देखिएको भन्दै सबैप्रति आभार व्यक्त गरेका हुन् ।
दलिय व्यवस्था र संसदीय अभ्यासमा राष्ट्रिय एकताका परिस्थितिहरु कहिलेकाहीमात्रै देख्न पाईने भन्दै उनले राष्ट्रिय समस्यासंग जुध्न र साझा चुनौतिको सामना गर्न संसद जिम्मेबार र एकताबद्ध भएर हिड्न तयार र सक्षम छ भन्ने कुराको संदेश दिएको भन्दै उनले संसदमा उपस्थित राजनीतिकदल र सांसहरुप्रति धन्यवाद र आभार व्यक्त गरे ।
साथै नेपालीभूमि र भूमिमाथिको न्यायोचित हकअधिकार र हक स्थापित गर्ने साझा विषयमा संसद बाहिर देखिएको एकताप्रति पनि उनले सबैप्रति आभार र धन्यवाद व्यक्त गरे । पुर्खाले लडेर बचाएको देश भएकाले वर्तमान अवस्थमा राष्ट्रियताको विषयमा अडिन सक्नुपर्ने र त्यसका लागि सबैको ऐक्यवद्धता प्राप्त राम्रो विषय भएको बताए ।
उनले राष्ट्रियताको सवालमा कसैलाई देवकत्वकरण गर्ने भन्ने सवाल नै नभएको भन्दै उनले लामो समय देखि जनस्तरबाट उठेको राष्ट्रियताको सवालमा फलाकिलो भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । साझा विषय बनाएर सबैको एकताकासाथ गरिने कामको जस सबैलाई जाने बताए ।
उनले भने “कसैले जस पाउला किभनेर चिन्ता गर्नुपनि पर्दैन को जसबाट छुट्ला किभन्ने चिन्ता मान्नु पर्दैन । ”