आजका प्रमुख खबरहरुः
१.(संक्रमण दिनँहु बढ्दै)
नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो /पछिल्लो २४ घण्टामा ९० जनासहित ६ सय ७४ जना निको भएर घर फर्किए ।
२.(जुधिरहेको कोरोना)
बुधबारसम्म पीसीआरबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटीबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण /देशभर १ लाख ७२ हजार २ सय ६६ क्वारेन्टाइनमा /३ हजार ६ सय ७५ जना आइसोलेसनमा ।
३.(मृत्यु जितेपछि)
कालिकोटमा ३९ जना सवार टिपर कर्णाली नदीमा खसेर दुर्घटनामा बेपत्ता भनिएकामध्ये २७ जना सम्पर्कमा/ दुई जनाको शव फेला /३ जना अझै बेपत्ता /अन्यको सकुसल उद्दार ।
४.(सडकमा ब्यवसायी)
व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै न्युरोडका साना व्यवसायीहरु प्रदर्शनमा उत्रिए/सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको आरोप ।
५.(न बुझेको कुरा बुझियो)
महामारीका बेला सरकारले भष्टाचार गर्यो भन्ने आशंका गर्नुपर्ने स्थिति अहिलेनरहेको प्रधानमन्त्री ओलीको प्रतिक्रिया /सरकारले प्रभावकारी काम गरिरहेको र कोरोना सरकारका कारण नभई विश्वव्यापी रुपमा आएको उल्लेख ।
६.(गिरी कहाँबाट परिचालित ?)
निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सांसद सरिता गिरीलाई प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीको निर्देशन /प्रस्ताव फिर्ता नलिए गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी ।
७.(पारित भयो बजेट)
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक २०७७ (बजेट) प्रतिनिधिसभाबाट पारित /विनियोजन विधेयक माथि राखेका खर्चकटौतीका प्रस्तावहरु भने बहुमतले अस्वीकृत ।
८.( वहसमा रोगप्रतिरोधात्मक)
संसदमा प्रधानमन्त्री र गगन थापाबी प्रश्न उत्तरको जुहारी । नेपालीहरुको रोग प्रतिरोदात्मक क्षमता बढी रहेको भनेर कसले भनेको भन्दै गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न /नेपालको स्वच्छ हावा पानी र खानपानले गर्दा नेपालीको प्रतिरोधात्मक क्षमता बढी रहेको प्रधानमन्त्रीको जवाफ ।
९.(प्रशन्न प्रधानमन्त्री)
सरकारले ल्याएको संविधान संशोधनमा देखिएको एकता र संसदबाहिर देखिएको एकताप्रति प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा आभार प्रकट /राष्ट्रियताको सवालमा कसैलाई देवकत्वकरण नगर्ने उल्लेख ।
१०.(कड्किए खतिवडा)
बजेट निर्माणका क्रममा करका विषयहरु चुहावट भएको भए छानविन गर्न सकिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /करको चुहावट गरी विद्युतिय गाडी छुटाइएको भन्दै अर्थमन्त्रालको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह ।
११.(बोलेको पुगोस्)
नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन प्रधानमन्त्री केपी ओलीको आग्रह/नेपालमाथि धम्की नदिन पनि भारतलाई सचेत /लिम्पियाधुरा, कालापानीमात्र नभएर अन्य विवादित भूमि पनि फिर्ता ल्याउने दाबी ।
१२.(सरिताविरुद्ध रोष)
सांसद सरिता गिरीलाई कारबाही गर्न सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालको माग/गिरीले राष्ट्रियहित र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएकोमा आपत्ति ।
१३. ( रुकुममा बोले पिएम)
रुकुम घटनालाई सरकारले गम्भिरताका साथ लिएको प्रधानमन्त्री केपीशर्मा ओलीको भनाई /घटनाका विषयमा सरकारले गठन गरेको छानविन समितिले गम्भिरताका साथ छानविन गरिरहेको र तथ्य अनुसार दोषीमाथि कारवाही हुने विश्वास व्यक्त ।
१४.(आममाफीको उडान)
कुवेतमा आममाफीमा सहभागी नेपालीलाई लिएर बुधबार काठमाण्डौ आउने भनिएका दुईवटै उडान बिहीबार मात्रै हुने /आममाफीमा सहभागी भएका ३ सय जना नेपाली महिलालाई कुवेत सरकारले जहाजमार्फत पठाउँदै ।
र,
१५.(आजको कोरोना)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख १४ हजार बढीको मृत्यु /७३ लाख ४४ हजार बढी संक्रमित/३६ लाख २१ हजार बढी निको भएर घर फर्किए ।