आजबाट लकडाउन खुकुलो, यी हुन् खुला गर्न मिल्ने सेवा तथा कार्यहरू

२९ जेठ,काठमाडौँ ।

Advertisement

सरकारले पहिलोपटक लकडाउन खुकुलो पारेको छ । आजबाट पहिलो चरणको लकडाउन खोलिने भएको छ । यस अन्तरगत २१ दिनमा २१ सेवा खुल्ने बताइएको छ । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत रहेका छन् ।

निजी सवारीसाधन जोर–बिजोर प्रणालीमा निश्चित मापदण्ड पूरा गरी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुने जनाइएको छ । उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । निणर्यानुसार दुई पांग्रेमा १ जना, चार पांग्रेमा ड्राइभरसहित ३ जना मात्रै सवार हुन पाउने भएको छ ।

Advertisement

तर लामो दूरीका सवारी भने तत्काल खुल्ने छैनन् । साथै शैक्षिक संस्थाहरू (स्कुल, कलेज), रेस्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, शपिङ मलजस्ता बढी भीडभाड हुने क्षेत्र पनि तत्काल खोल्पन पाइने छैन । महोत्सव, जात्रा, कार्यक्रम पनि गर्न पाइने छैन । अन्तर्राष्टिय उडान समेत खुल्ने छैनन् ।

गत चैत ११ गतेबाट सुरू भएको लकडाउन ७८ दिनपछि खुकुलो बनाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top