२९ जेष्ठ, काठमाडौँ ।
कुबेतबाट १६१ जना नेपाली स्वदेश फर्किएका छन् ।
नेपाली कामदारलाई बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा त्रिभूवन विमानस्थलमा अवतरण भएको हो । जजिरा एयरको दोस्रो विमान पनि बिहीबार दिउँसो थप नेपालीलाई लिएर आउँदै छ । पहिलो उडान मार्फत आएका १६१ जना सबै महिला हुन् । यसरी आउनेमा तीनजना गर्भवती महिला पनि रहेका छन् ।
अर्को विमानमा थप १५० जना नेपाली आउने छन् । कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका विमान आएको हो । बिहीबार आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेका छन्।
नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुबेतले आफै पठाएको हो । कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको बताइन्छ ।
गएको शुक्रबार एयर अरेबियाले दुबईबाट १६८ नेपाली कामदार लिएर आएको थियो । यस्तै म्यानमारबाट पनि २६ नेपाली आएका थिए ।