लकडाउनमा पनि किसान सक्रिय तर मल अभाव

३० जेठ ७७, शनिबार

३१ जेष्ठ, काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् ।

बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा पनि सङ्क्रमण बढ्दै जान थालेपछि किसान सुरक्षित तरिकाले खेतीमा लाग्न थालेका हुन् । गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा खेतीका लागि अझै खुला फाँट छ । फाँट प्रत्येक वर्ष घट्दै जाँदै छ ।

विगत वर्षमा कित्ताकाट भएका टुक्रा जग्गामा खेती नभई बाँझै रहने गरेकामा यस वर्ष भने खनजोत गरी केही न केही रोपिएको देखिन्छ । खेत रोप्न गरा बनाउँदै गरेका गोकर्णेश्वर, उत्तरबाहिनीका मङ्गलबहादुर तामाङ अन्यत्र हिँड्डुल गर्न नपाइए पनि कृषि कर्म गर्न समस्या नभएको बताउँछन् ।

साढे दुई महिनादेखि बन्दाबन्दी जारी रहँदा रोगभन्दा पहिले भोकले मरिने अवस्था आएकाले भएको जग्गामा केही न केही रोपिएको उनले सुनाए । घर बनाउन खण्डीकरण गरिएका जग्गामा पनि चपरी फाँडेर अनाज रोपिएको छ ।

कागेश्वरी मनोहरा–१ गागलफेदीका रामप्रसाद ढकाल वर्षौंदेखि बाँझो जग्गामा यस वर्ष बन्दाबन्दीका कारण फुर्सदले घर बसेका मानिसले खनजोत गरी खेती गरेको बताउँछन् । हाल यस क्षेत्रमा सिम र पानीको कुलो लाग्ने स्थानमा रोपाइँ शुरु भइसकेको छ । कति ठाउँमा मानिस धानको बीउ राख्दै छन् ।

कति स्थानमा भने मानिस मकै गोड्नेलगायत खेतीमा सक्रिय छन् । यहाँका स्थानीय सरकारले पनि सुरक्षित तवरले खेती गर्न सहयोग गरिरहेका छन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना सुरक्षित तरिकाले खेतीपाती गर्न सहयोग गरिएको बताउनुहुन्छ ।

कृषक भने स्थानीय सरकारले मुखले सहयोग गर्ने भने पनि बजारमा मल पाउन नसकिएको गुनासो गर्छन् । कृषिसम्बन्धी सल्लाह लिन जाँदा नगरपालिकाका कृषि शाखाका कर्मचारी पनि नभेटिने गरेको कागेश्वरी मनोहरा–५ का किसान रामप्रसाद सिंखडाले गुनासो गरे ।

मललगायत कृषि कर्मका लागि आवश्यक पर्ने सामग्रीको बजारभाउ बन्दाबन्दीकै बीच बढेको पनि उनले सुनाए । कृषि सामग्रीमा भइरहेको कृत्रिम अभाव, कालाबजारी एवं मूल्यवृद्धिविरुद्ध यस क्षेत्रका नगरपालिकाका अनुगमन समितिको ध्यान जान नसकेको किसानको भनाइ छ ।

कपिलवस्तु– बन्दाबन्दीको कारण धानको बीउमा राख्ने मल नपाएपछि यहाँका कृषक चिन्तित बनेका छन् । डिएपी र युरिया रासायनिक मल नपाएर चिन्तित बनेका किसान पूर्वपश्चिम राजमार्गको जीतपुर, गोरुसिङ्ग र चन्द्रौटा बजारमा मलको खोजीमा भौँतारिरहेका छन् ।

राजमार्ग क्षेत्रमा मल नपाएपछि तौलिहवा महाराजगञ्ज र बहादुरगञ्ज पुग्दासमेत मल नपाएको बुद्धभूमि नगरपालिका हरिहरपुरका बालकृष्ण पोखरेलले बताए । उनले मलको जोहो गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे । पटक पटक स्थानीय तह र कृषि सामग्री वितरण केन्द्रलाई मलका लागि भन्दा केही पहल नभएपछि मल खोज्दै बहादुरगञ्ज आएको उनको भनाइ थियो ।

किसानले बल्लबल्ल छरेको धानको बीउमा मल हाल्न नपाएपछि सुक्न थालेको अर्का किसान शिवपूजन यादवले बताए । पहिले बीउको अभाव भए पनि जेनतेन कहीँबाट व्यवस्था गरिए पनि अहिले मल नपाएर समस्या भएको यादवले दुखेसो पोखे ।

कोरोना भाइरसको समेत पर्वाह नगरी बिहानैदेखि मल किन्न आएका किसान मल नपाएपछि बहादुरगञ्जबाट रित्तो फर्किएका छन् । कपिलवस्तु कृषि ज्ञान केन्द्रले मल पर्याप्त मात्रमा नरहेकाले अहिले बिक्रीवितरण नगरिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र रोपाइँका समयमा वितरण गरिने निर्णय भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोविन्द अर्यालले जानकारी दिए ।

कपिलवस्तुमा अहिले ४६ टन डिएपी मल र १० टन युरिया मल मात्र छ । आउने हप्ता अर्को बैठक बसेर मलका विषयमा निर्णय गरिने उनले बताए ।

कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जसका लागि पाँच हजार टन मल आवश्यक हुन्छ । (रासस)

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top