३१ जेष्ठ, नेपालगञ्ज ।
शनिबार नेपालगञ्ज भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको छ।
४२ मध्ये बाँकेका १९ जना छन्। भेरी अस्पतालका अनुसार नेपालगञ्ज–२२ का २२ वर्षीय पुरुष, राप्तीसोनारी वडा नं. ५, ८ र ९ नम्बर वडाका १५ जनामा कोरोना पुष्टि भएको छ। खजुरामा तीन जना थपिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बाँकेको १८ जनाको कोरोना पुष्टि भएको र एकजनाको फ्लोअप रिपोर्ट परेको जानकारी दिए। उनले राप्तीसोनारीको एकजना फ्लोअपको रिपोर्ट भएको बताए ।
भेरीमा जाँच गरिएको रोल्पाका १७ र बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ। रोल्पाका १२ जना सुनिलस्मृति र ५ जना बमरुकका छन्। बर्दियाको सबै ६ जना नै बारबर्दियाका हुन्।
यसैबीच बाँकेको नरैनापुरका सबै संक्रमित निको भएर घर गएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरका एक सय १८ जना घर फर्किएको बताए। नरैनापुरमा एकजनाको मृत्यु भएको थियो।
कोरोनाको हटस्पट बनेको नरैनापुरमा अहिले पनि निषेधाज्ञा जारी रहेको छ भने नेपाली सेना परिचालन गरिएको छ।