भेरी अस्पतालमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि

३१ जेठ ७७, शनिबार
Share this
727shares

३१ जेष्ठ, नेपालगञ्ज ।
शनिबार नेपालगञ्ज भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

४२ मध्ये बाँकेका १९ जना छन्। भेरी अस्पतालका अनुसार नेपालगञ्ज–२२ का २२ वर्षीय पुरुष, राप्तीसोनारी वडा नं. ५, ८ र ९ नम्बर वडाका १५ जनामा कोरोना पुष्टि भएको छ। खजुरामा तीन जना थपिएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बाँकेको १८ जनाको कोरोना पुष्टि भएको र एकजनाको फ्लोअप रिपोर्ट परेको जानकारी दिए। उनले राप्तीसोनारीको एकजना फ्लोअपको रिपोर्ट भएको बताए ।

Advertisement

भेरीमा जाँच गरिएको रोल्पाका १७ र बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ। रोल्पाका १२ जना सुनिलस्मृति र ५ जना बमरुकका छन्। बर्दियाको सबै ६ जना नै बारबर्दियाका हुन्।

यसैबीच बाँकेको नरैनापुरका सबै संक्रमित निको भएर घर गएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरका एक सय १८ जना घर फर्किएको बताए। नरैनापुरमा एकजनाको मृत्यु भएको थियो।

Advertisement

कोरोनाको हटस्पट बनेको नरैनापुरमा अहिले पनि निषेधाज्ञा जारी रहेको छ भने नेपाली सेना परिचालन गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top