कोरोना खर्चमा डेढ अर्ब तलमाथि, विवादमा सरकार

काठमाडौँ: कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ। यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो। त्यतिबेला समितिका सदस्य सचिव एवं प्रवक्ता नारायण बिडारीले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको जानकारी गराएका थिए।

सदस्य सचिव बिडारीले यसअघि जानकारी गराएको खर्च रकम र शनिबार सार्वजनिक खर्च विवरण हेर्दा करिब डेढ अर्ब रुपैया तलमाथि परेको देखिन्छ।,याे खबर नागरिक दैनिकमा छ ।

शनिबार सार्वजनिक विवरणमा स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ, रक्षा मन्त्रालयमार्फत दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँँ, गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपैयाँँ, संस्कृति मन्त्रालयमार्फत पाँच करोड २० लाख रुपैयाँँ, सहरी विकास मन्त्रालयमार्फत एक करोड ४२ लाख रुपैयाँँ र शिक्षा मन्त्रालयमार्फत दुई करोड ६९ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top