यस वर्षको अन्त्यसम्ममा यूरोपका नागरिकलाई कोरोनाको खोप उपलब्ध गराइने

३२ जेष्ठ, एजेन्सी । यूरोपमा यस वर्ष अर्थात् सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसको खोप त्यहाँका नागरिकले प्रयोग गर्न पाउने भएका छन् ।

यसका लागि गरिएको एक सम्झौतामा यूरोपका लागि मात्र ४० करोड डोज खोप बनाइने जनाइएको छ । कोरोना भाइरसको खोप बनाइरहेको कम्पनी अस्त्राजेनेकासँग उक्त खोप पाउनका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सको नेतृत्वमा रहेको यूरोपको इन्क्लूसिभ भ्याक्सिन एलायन्सले सम्झौता गरेको छ ।

यस सम्झौताबमोजिम कम्पनीले खोप बनेलगत्तै ४० करोड डोज यूरोपका लागि दिने शनिवार जर्मन सरकारले जनाएको हो । र यो खोप यूरोपेली संघका मुलुकलाई दिइने जनाइएको छ ।

Advertisement

औषधि निर्माता कम्पनीले उत्पादन बढाउने प्रयासमा लागिरहेको जनाउँदै यो खोप बिना मुनाफा आपूर्ति गरिने उल्लेख गरेको छ । यस वर्षको अन्तिमसम्ममा खोप उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले यदि सबै कुरा ठीक रहेमा यूरोपका करोडौं नागरिकले खोप पाउन सक्ने सुनिश्चित भएको भन्दै गर्मी मौसम सकिने बेलासम्ममा यसबारेमा जानकारी हुने बताए ।

Advertisement

खोप बनाउनका लागि तयार पारिएका शुरुवाती तथ्यांकहरुका आधारमा खोप निर्माण परिणाममुखी हुने विश्वास आफूहरुलाई भएको पनि सोरियोले बताए । सबै देशसम्म खोप पुगोस् भन्नका लागि एलायन्सले यूरोपेली कमिशनका साथ काम गर्ने उनले बताए ।

यूरोपीय भ्याक्सिन एलायन्सभन्दा पहिले अमेरिकाले पनि अस्त्राजेनेका साथ सम्झौता गरेको थियो । कम्पनीमा १.२ अर्ब डलर लगानी गर्ने जनाउँदै अमेरिकालाई खोप बनेपछि ३० करोड डोज उपलब्ध गराउने सम्झौता भएको थियो ।

ब्रिटेनको अक्सफोर्ड यूनिभर्सिटी कोरोना भाइरसको खोप बनाउन काम गरिरहेको छ भने त्यसको लाइसेन्स ब्रिटिश कम्पनी अस्त्राजेनेसँग रहेको छ । यसै वर्षको अप्रिलमा सयौं मानिसमा यस खोपको परीक्षण गरिएको थियो ।

समाचार संस्था रोयटर्सले औषधि निर्माता कम्पनीलाई खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top