जर्मन बुन्डेसलिगामा घरेलु मैदानको जितसँगै वार्यन उपाधि नजिक

जर्मन बुन्डेसलिगामा घरेलु मैदानको जितसँगै वार्यन उपाधि नजिक

३२ जेष्ठ, एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर वायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानको जितसँगै वायर्न उपाधि नजिक पुगेको छ । अब वायर्नलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ ।

कोरोनको महामारीले स्थगित लिग पुनः सुरु भएपछि वायर्नको यो लगातार पाँचौ जित हो । यस्तै वायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।

वायर्नले ३१ खेलबाट ७३ अंक जोडेको छ । डर्टमण्डको ६६ अंक रहेको छ । लिगको चौंथो स्थानमा रहेको मुन्छेनग्लाडबाखले ५६ अंक रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.