नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

३२ जेष्ठ, काठमाडौं ।
सत्तारुढ नेकपाको आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओ‌लीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ ।

यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.