निजी प्रयोगशालामा पनि कोरोना परीक्षण हुने, खर्च सरकारले व्यहोर्ने

३२ जेठ, काठमाडौँ ।

Advertisement

सरकारले अब नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बाटो खुला गरेको छ । पीसीआर परीक्षणका लागि आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालाले पनि परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै उनले यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताए । सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई प्रति पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय भुक्तानी गर्ने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

Advertisement

उनले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा ५ हजार ५ सय तिरेर गर्न सकिने व्यवस्था समेत गरेको जानकारी दिए ।

उनले कुनै पनि व्यक्तिले बाहिर यात्रा गरेर आउँदा संक्रमणको जोखिम रहेपनि कोरोना परीक्षण नै गरि हाल्नुपर्ने व्यवस्था नभएको बताउँदै जोकोहीलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोाग हुने सक्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top