×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ब्राजिलका दश नयाँ मन्त्रीकाे कार्यभार शुरु

२८ चैत्र २०७४

रियो डि जानेरो, २८ चैत ः ब्राजिलका नवनियुक्त दश जना मन्त्रीले मंगलबार कार्यभार सम्हालेका छन् । ।

राष्ट्रपति मिचेल टेमेरले उनीहरूलाई शपथग्रहण गराउनु भएको ब्राजिलको समाचार संस्थाहरूले जनाएका छन् । आउँदो अक्टोबर महिनामा आमनिर्वाचनको तयारी भइरहेका बेला नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो ।

आगामी निर्वाचनबाट नयाँ राष्ट्रपति, राज्य सरकार, केन्द्रीय सरकार र सांसदहरू निर्वाचित हुनेछन् ।

निर्वाचित हुने यिनीहरूमध्ये अन्य सबैको चार वर्षे कार्यकाल हुनेछ भने संसद्को आठ वर्षे कार्यकाल हुनेछ ।

अहिले परिवर्तन भएका मन्त्रीहरूमध्ये वित्त मन्त्री हेर्निक मेरेलेसले ब्राजिलियन डेमोक्र्याटिक मुभमेण्ट (एमडिबी) पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ ।

अहिलेका राष्ट्रपति टेमेरले पनि केही दिनअगाडि आफू फेरि निर्वाचित हुन चाहेको संकेत गरेका छन् । दुई जनाको चाहनाका कारण पार्टीमा तनाव हुने देखिएको छ ।

मेइरेलेसले उपराष्ट्रपति बन्न भने चाहना नभएको भन्दै अस्वीकार गर्दै आएकोे समाचारमा जनाइएको छ ।

राष्ट्रपतिका आकांक्षी बन्नुभएका मेइरेलेसलाई इडुर्डो गुर्डियाले अर्थमन्त्रीमा विस्थापित गरेका छन् ।

नयाँ बनेका मन्त्रीहरूमध्ये रोस्सीली सोर्रेसलाई शिक्षा मन्त्रालय, अल्बर्टो बेल्ट्रामलाई समाज विकास मन्त्रालय, इस्टेभेस कोल्नागोलाई योजना मन्त्रालय, लेन्ड्रो क्रुज फ्रोज डा सिल्भालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पर्यटनमन्त्रीमा मिनिसिउस लुम्मेर्टस, खनिज तथा ऊर्जा मन्त्रीमा वेलिङटन मोरेइरा फ्रान्सो, राष्ट्रिय एकीकरण मन्त्रीमा एन्टोनियो डे पाडौ डे डेउस, उद्योग तथा व्यापार मन्त्रीमा मार्कोस जोर्गे डे लिमा र मजदुर मन्त्रीमा हेल्टन योमुरा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मानवअधिकार मन्त्रालयमा गुस्टाभो रोचा भने शपथग्रहण गराउने समारोहमा सहभागी हुन आएका थिए ।
रासस

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top