क्वारेन्टाइनमा लैजाँदै गर्दा भीरबाट हामफालेका युवाको मृत्यु

३२ जेठ ७७, सोमबार

१ असार, पर्वत ।
क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भीर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।

Advertisement

बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बाग्लुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार सुनौलीबाट उद्धार गरि बागलुङ तर्फ जाने क्रममा बस रोकेको मौका पारि भीरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र गण्डकी अस्पताल पोखराले मृत्यु भएको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

Advertisement

लु२ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए । पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बाग्लुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो ।

बर्षाका कारण सडकको अबस्थाका विग्रिएपछि अगाडी जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपाली भने भीरबाट हामफालेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top