१ असार, कपिलवस्तु ।
कपिलवस्तुमा आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगैं कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा थप १२ मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
वाडगंगा नगरपालिकाका वडा न २, ३, ४, १० र ११ का २०,२२,२४, ४०, ४१,१९,२५,३५,२१ वर्षीय नौ पुरुष संक्रमित छन् । त्यस्तै विजयनगर गाउँपालिका वाड न १,३ का २१,२९, २६ वर्षीय ३ पुरुष पनि संक्रमित भएका छन् ।