मापदण्ड विपरितका क्वारेन्टाईन बन्द गर्न सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

४ असार, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार झापाका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गरेका छन्। कोरोना प्रभावित क्षेत्र कचनकवल र भद्रपुरमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गर्दै मन्त्री घिमिरेले मापदण्ड विपरितका क्वारेन्टाईन तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उनले भने–‘बस्तुगत अवस्थाको अवलोकन गरि मापदण्ड विपरितकालाई बन्द गर्न स्थानीय तहका प्रमुखलाई भनिएको छ ।’

स्थानीयस्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन अस्तव्यस्त देखिएकाले अनुगमन गर्दै बन्द गर्न निर्देशन दिने गरिएको उनले बताए । अनुगमनका क्रममा कतिपय क्वारेन्टाइन अव्यवस्थित पाईएकाले तत्काल बन्द गर्न भनिएको मन्त्रि घिमिरेले बताए । मन्त्री घिमिरेले कचनकवलका बढी संक्रमित देखिएका क्वारेन्टाईनहरुको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा होल्डिङ एरियामा रहेकाहरुलाई क्वारेन्टाईनको अनुशासन पालना गर्न आग्रह गरे। मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ, ओमप्रकाश सरावगी, प्रमुख जिल्ला अधिकारी उदयबादुर राना, प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतले कचनकवलको वडा नं. ६ मा रहेको लक्ष्मी मावि क्वारेन्टाईन, वडा नं. ४ को महेन्द्र रत्न मावि क्वारेन्टाईन र वडा नं. ३ को पथरीया मावि क्वारेन्टाईन, भद्रपुर नगरपालिका वडा नं. २ को हिमाली मावि क्वारेन्टाईन लगायतको अनुगमन गरेका छन् ।

Advertisement

मन्त्री घिमिरेले मेची नगरनगरपालिको काकडभिट्टा मावि होल्डिङ एरिया, धाईजन स्वास्थ्य चौकी र कनकाई नगरपालिका अवस्थाबारे नगर प्रमुख राजेन्द्र पोखरेलसँग जानकारी लिएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top