साउदीबाट १५४ जना नेपाली लिएर हिमालय एअरलाइन्स काठमाडौं अवतरण

५ असार, काठमाडौं । साउदीबाट नेपाली बोकेर उडेको हिमालय एअरलाइन्सको उद्दार उडान शुक्रबार विहान काठमाडौं अवतरण भएको छ ।

Advertisement

साउदीको दमामबाट १५४ जना नेपाली हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान शनिबार भर्नेछ ।

Advertisement

त्यहाँबाट स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ मा उडान भर्ने जनाइएको छ ।

स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । साउदीमा समस्यामा परेका अरु नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।

Advertisement

शुक्रवार माल्दिभ्सबाट १५० जना र कुवेत र कतारबाट पनि केही नेपाली स्वदेश फर्कने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top