बागलुङमा थप १४ जनामा कोरोना संक्रमण, जिल्लामा कुल संक्रमितको संख्या ५६ पुग्यो

४ असार ७७, शुक्रबार

५ असार, बागलुङ । बागलुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

जिल्लाको गलकोट नगरपालिकाका ८ जना र काठेखोला गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दुले जानकारी दिएका छन् ।

संक्रमित हुनेमा गलकोट नगरपालिकमा १९ देखी ४५ वर्ष उमेरसमूहका ६ जना पुरुष, दुई जना महिला रहेका छन् भने काठेखोला गाउँपालिकामा २० देखी २९ वर्ष समूहका ६ जना पुरुषमा संक्रमण देखिएको हो ।

Advertisement

योसँगै बागलुङमा कोरोना संक्रमित हुनेको संख्या ५६ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top