कोरोनासँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण : प्रधानमन्त्री ओली

कोरोनासँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण  : प्रधानमन्त्री ओली

६ असार, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताएका छन् । छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताए ।

उनले समृद्ध नेपाल सुखी नेपालीे सरकारको राष्ट्रिय आकाङ्क्षा रहेकाले त्यो पूरा गर्ने आधारका रुपमा शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वानसमेत गरे । सन् २०१५ बाट संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन शुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ ।

सन्देशमा उनले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको बताए ।

“तनाव, अवसाद, द्वेष, ईष्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले दो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ”, सन्देशमा उनले भने, “योगको महत्वका बारेमा जनचेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु¥याउने काममा दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।”

योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्ने भन्दै सन्देशमा उनले मन, शरीर र कर्मको दूरी हटाई एकाग्रता प्रदान गर्नु योग भएको बताए ।

प्रधानमन्त्रीले योग साधनाले तनाव व्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान् बनाउन मद्दत पु-याउने बताए ।यहाँका वनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको उल्लेख गर्दै सन्देशमा उनले प्राच्य दर्शनमा अपनाइएको योग पद्धतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको बताए ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.