खराब मुलुकतिरको यात्रामा नेपालले जित्यो नर्वेलाई

८ असार ७७, सोमबार
Share this
720shares

८ असार, विराटनगर ।
कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकको सूचीमा नेपालले युरोपेली मुलुक नर्वेलाई पछि पारेको छ।

Advertisement

हिजो साँझ ४ सय २१ जना नयाँ संक्रमित थपिएपछि नेपालले नर्वेलाई खराब मुलुकहरुको सूचीमा एक कदम पछि पारेको हो। हिजो थपिएका संक्रमितसँगै नेपालमा ९ हजार २६ जनामा कोभिड १९ देखिएको छ। नर्वेमा संक्रमितको संख्या ८ हजार ७ सय ४५ रहेको छ।

शुक्रवार थपिएका संक्रमितको संख्याले नेपालले मलेसियालाई पछि पारेको थियो। खराब मुलुकको सूचीमा नेपाल अहिले ६६ औं स्थानमा छ। नर्वे ६७ ‍औं स्थानमा छ। नेपालभन्दा एक कदम अगाडि मोरक्को रहेको छ। त्यहाँ संक्रमितको संख्या ९ हजार ९ सय ७७ रहेको छ। हिजो त्यहाँ २ सय १४ नयाँ संक्रमित थपिएका थिए।

Advertisement

६४ औं स्थानमा युरोपेली मुलुक चेज रिपब्लिक रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top