मुख्यमन्त्री युवा कार्यक्रममा युवा उद्यमी मञ्चले सहकार्य गर्ने

८ असार ७७, सोमबार

८ असार, विराटनगर।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षदेखि सुरु गर्ने योजना बनाएको मुख्यमन्त्री युवा उद्यमशीलता विकास कार्यक्रममा नेपाली युवा उद्यम मञ्च विराटनगर च्याप्टरले सहकार्यका लागि प्रस्ताव गरेको छ । मुख्यमन्त्रीको कार्यक्रम मार्फत प्रदेश १ मा युवा उद्यमशीलता मार्फत स्वरोजगारी र रोजगारीका अवसर सृजना गर्ने गरी सहकार्य गर्न मञ्चले सोमबार मुख्यमन्त्री शेरधन राईलाई प्रस्तावनासहितको ज्ञापन पत्र बुझाएको हो ।

Advertisement

मञ्चले युवाहरुलाई सिपमुलक तालिम मार्फत उत्पादन सँग जोडदै स्वरोजगार बनाउने, बैदेशिक रोजगारबाट फर्किएका तथा रोजगार सृजनाका लागि रोजगार मेलाको आयोजना गर्ने प्रस्ताव अघि सारेको छ । यस्तै बजेटले परिकल्पना गरेको स्वरोजगार तथा रोजगारी सृजनका लागि मुख्यमन्त्री उद्यमशीलता कार्यक्रमको थप प्रभावकारिताका लागि अनुभवी युवाहरुलाई नीति निमार्ण तहमा सहभागिता गराउन मञ्चले अनुरोध गरेको छ । यसैगरी मञ्चले सरकारसँगको सहकार्यमा प्रदेशमा लगानी भित्राउनका लागि प्रदेश स्तरीय युवा उद्यमी लगानी सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ ।

सहकार्यको प्रस्तावनासहितको ज्ञापनपत्र हस्तान्तरण गर्दे मञ्चका अध्यक्ष सृजन प्याकुरेलले युवा स्वरोजगारका लागि तालिम संचालन , व्यवसायिक विकासका लागि आवश्यक सूचना र जानकारी एकै स्थानबाट उपलब्ध गराउने व्यवस्था मिलाउन ब्यवसायिक संस्थाले विजनेश इक्वुबेटर सेन्टर स्थापना गरी व्यवसायिक आर्थिक गतिविधी समेट्ने र नयाँ उद्यमीहरुलाई सहयोग गर्ने गरी प्रदेश १ स्तरीय विजनेश इक्वुबेटर सेन्टर स्थापना गर्न आग्रह गरिएको बताए । उनले आर्थिक सूचनाका लागि अद्यावधिक डाटा बैकको स्थापना गर्न आग्रह गरिएको समेत बताए । राष्ट्रको आर्थिक विकासका लागि सहयोग गरौ, स्वदेशी उत्पादनको प्रयोग गरौ भन्ने मूल नाराका साथ स्थापित नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आगामी आर्थिक वर्षमा संचालन गर्ने नयाँ युवामुखी कार्यक्रमका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई पनि यसअघि सहकार्यका नयाँ कार्यक्रमसहितको ज्ञापन पत्र बुझाएको मञ्चका संचार संयोजक सञ्जिव सिग्देलले जानकारी दिए ।

Advertisement

 

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top