×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता

८ असार २०७७

८ असार, पेरिस।
सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।

गत वर्ष मार्च २०१९ मा अमेरिका र पश्चिमा मुलुकको व्यापक सैन्य कारबाहीपछि सिरियाबाट इस्लामिक स्टेट समूह परास्त भएको थियो । फ्रान्सेली विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ती बालबालिका उत्तरपूर्वी सिरियाका शिविरबाट फिर्ता ल्याएको जनाइएको छ । उनीहरुको स्वास्थ्य उपचार शुरु गरिएको र ती बालिबालिकाको हेरचाह गर्ने जिम्मेवारी सामाजिक संस्थालाई दिइएको छ । ती बालबालिकाका अभिभावकका बारेमा भने केही खुलाइएको छैन ।

Advertisement

फ्रान्सले युद्धग्रस्त सिरियाबाट कूल २८ बालबालिकालाई फिर्ता लगिसकेको छ । अधिकारवादी समूहहरुले बाल उमेरका बालबालिकालाई तत्काल फर्काउन फ्रान्स सरकारमाथि लगातार दबाब दिइरहेका छन् । अधिकारवादी समूहले कतिपय बालबालिका उनीहरुका बाबुआमाले फ्रान्सबाटै साथमा लगेको दाबी गरेका छन् ।

एक अनुमान अनुसार करिब ३०० फ्रान्सेली बालबालिका सिरियास्थित कुर्दिस समूदायले सञ्चालन गरेका शिविरमा उनीहरुका आमाहरुका साथमा रहेका छन् । फ्रान्सले भने सिरिया पुगेका हरेक व्यक्तिमाथि स्थानीय कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

सिरियाको उत्तरपूर्वस्थित अल–होल भन्ने स्थानमा करिब १२ हजार विदेशी नागरिक अस्थायी शिविरमा रहेका छन् जसमा चार हजार महिला र आठ हजार बालबालिका रहेका छन् । सहायता निकायहरुले यी शिविरमा आश्रित व्यक्तिहरुले कुपोषण र रोगको प्रकोपबाट गुज्रनु परेको बताएका छन् ।

Advertisement

कुर्दिस अधिकारीहरुले शिविरमा रहेका विदेशी नागरिकहरु स्वदेश फर्काउन आग्रह गरिरहेका छन् । उनीहरुले अनिश्चितकालसम्म विदेशी नागरिकलाई सुरक्षा दिएर राख्न नसक्ने चेतावनी पनि दिएका छन् ।रासस / एएफपी

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top