तमोर नदीले बगाउँदा ३ जना बेपत्ता

८ असार ७७, मंगलबार

९ असार, विराटनगर ।

ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् ।

सोमवार दिउँसो २ बजेको समयमा घरबाट टिपटाला तर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता भएको तथा बेपत्ता भएका लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

यसैगरी सोमवार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।

पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले होहल्ला गरेपछी स्थानीयवासीहरु खोजतलासमा जुटेका थिए । तर तीनैजना फेला नपरेपछि ईलाका प्रहरी आठराईमा जानकारी गराएका थिए । प्रहरीले बेपत्ताहरुको खोजतलास भईरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top