दार्चुलाकाे तिंकरमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिँदै

९ असार, दार्चुला ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँको व्यास, छांगरु र तिंकर गाउँमा खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ । सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँमा खाद्यन्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिए । उनले सुर्खेतदेखि हेलिकप्टरमार्फत २०० क्वीन्टल खाद्यान्न ढुवानी गर्न १५ दिने बोलपत्र आह्वान गरिएको बताए ।

दार्चुलाका व्यासीहरु कुञ्चा सरेपछि सो क्षेत्रमा खाद्यान्न अभाव हुने जनाउँदै सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा लगायतले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हालै भेटगरी खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको बताइएको छ ।

Advertisement

विगतमा व्यासका स्थानीयवासीले चीनको ताक्लाकोट र भारतीय नाका हुँदै खाद्यान्न ढुवानी गर्दथे । बन्दाबन्दीका कारण नाका नाका बन्द रहेका छन् । अहिले व्यासीहरुले पुरानो मौज्दात खाद्यान्नको प्रयोग गरिरहेका व्यासका स्थानीय विमल बोहराले जानकारी दिए । उनले भने– ‘स्थानीय उत्पादन र विगतमा बाँकी राखिएको खाद्यान्न उपभोग गरिरहेका छौँ । ”

सरकारकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेपछि ती क्षेत्रलाई उच्च महत्वका दिएको छ । सीमावर्ती क्षेत्रका आफ्ना नागरिकलाई खाद्यान्न समस्या हुन नदिन सरकारले अहिले महंगो मूल्यमा खाद्यान्न ढुवानी गर्न लागेको हो ।

Advertisement

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि हेलिकप्टर मार्फत नै खाद्यान्न ढुवानी भएको थियो । नेपालतिर भएर गाउँ जान बाटो नभएपछि स्थानीयहरु व्यास कुञ्चा भारतीय बाटो हुँदै गएका थिए । बाटो नहुँदा खाद्यान्न ढुवानी गर्न नपाएका सर्वसाधारणको लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने भएपछि स्थानीय समेत खुसी छन् ।

व्यासको छांगरु र तिंकरमा वर्षमा एक पटक मात्रै खेती हुने गरेको छ । सो क्षेत्रमा आलु, फापर, उवा, कोदो जस्ता अन्नबाली फल्ने गर्छ । व्यासको छांगरुमा ११५ तथा तिंकरमा ६५ घरधूरीको बसोबास छ ।–नरेन्द्रसिह कार्की/रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top