काेराेनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह

१२ असार, काठमाडौं ।

राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन गर्ने वातावरणको सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान विशेष परिस्थितिमा सरकारले लागू गरेको कार्यविधिको प्रभावकारी पालनामा सहयोग र साथ दिन स्थानीय सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाबीच भएको झडपको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सो आग्रह गरेको हो ।

Advertisement

कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय बासिन्दासँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधका बीच पनि सुरक्षाकर्मीबाट बल प्रयोग गरी शवको व्यवस्थापन गर्ने क्रममा स्थिति तनावपूर्ण भएको आयोगको अनुगमनबाट देखिएको छ ।

कुनै पनि व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानूनका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनले समेत प्रत्याभूति गरेको छ । सरकारले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापनका लागि कार्यविधिसमेत निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top