देशका अधिकांश स्थानमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह

१३ असार, काठमाडौं ।
केही दिनदेखि देशका अधिकांश स्थानमा वर्षा भईरहेको छ । अब लगातार तीन दिनसम्म नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसरी पहाडी भेगसँगै तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तराईका नेपाल–भारत सीमा क्षेत्रका नदीमा बहाव बढ्ने क्रममा रहेको जनाईएको छ ।

शनिबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ महाशाखाले जनाएको छ । प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। त्यस्तै राती देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा वर्षाको संभावना रहेको छ।

वर्षाका कारण ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

आज प्रदेश १, ५ र सुदूरपश्चिम प्रदेशको तराईको भुभागको भारतीय सीमा आसपासका ससाना नदीमा आकस्मिक वहाब हुन सक्ने भएकोले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । प्रमुख तथा मझौला नदीमा बहाव बढेपनि सतर्कता तहभन्दा तलै हुने महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top